इंग्ल्यान्डलाई १७० रनको अग्रता, टेस्ट बराबरीतर्फ उन्मूख

साउथह्याम्पटनमा जारी वेस्टइन्डिजविरुद्धको पहिलो टेस्टको दोस्रो पारीमा घरेलु टिम इंग्ल्यान्डले १७० रनको अग्रता बनाएको छ । चौथो दिनको समाप्तिमा ८ विकेटको क्षतिमा २८४ रन बनाएपछि इंग्ल्यान्डले १७० को अग्रता कायम गरेको हो ।

योसँगै कोरानो महामारीपछिको पहिलो टेस्ट बराबरी तर्फ उन्मूख रहेको हो । इंग्ल्यान्डले दोस्रो इनिङ नै ब्याटिङ नसकेकाले टेस्ट बरारबीतर्फ उन्मूख भएको हो । टेस्टको पहिलो दिन पुरै वर्षाले प्रभावित बनेको थियो ।

दोस्रो पारीमा इंल्यानडका ज्याक कार्ली ले सर्वाधिक ७६ रन बनाए भने डम सिब्लीले ५०, बेन स्टोक्सले ४६ र रोए ब्रुन्सले ४२ रनको योगदान दिए । स्टोक्स र कार्लीले चौथो विकेटका लागि ९८ रनको साझोदारी गर्दैै इंग्ल्यान्डलाई बलियो अवस्थामा पु¥याएका थिए । यस्तै पहिलो विकेटका लागि ब्रुन्स र सिब्लीले ७२ रनको साझेदारी गरेका थिए ।

वेस्टइन्डिजका सन्नोन ग्याब्रियलले ३ तथा अल्जारी सोजेफ र रोस्टन चेसले समान २ विकेट लिए । यस्तै कप्तान जेसन होल्डरको नाममा १ विकेट छ ।

यसअघि ओपनर क्रेइग ब्रेथवेट र मध्यक्रमका ब्याट्सम्यान शेन डोवरिचले अर्धशतकीय इनिङ खेलेपछि वेस्टइन्डिजले पहिलो इनिङमा ३१८ रनको बनाएको थियो । उसका लािग ब्रेथवेटले सर्वाधिक ६५ रन बनाए भने डोवरिचले ६१ रन बनाए । ब्रेथवेटले १२५ बल खेल्दै ६ चौका प्रहार गर्दा डोवरिचले ११५ बलमा ८ चौका प्रहार गरे ।

यस्तै, रोस्टन चेसले ४७, साम्रह ब्रुक्सले ३९ र जोन क्याम्पवेलले २८ रनको योगदान दिए । इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ४, जेम्स एन्डर्सनले ३, डम बेसले २ र मार्क उडले १ विकेट लिए ।

पहिलो पारीमा इंग्ल्यान्ड २०४ रनमै अलआउट भएको थियो । इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा जेसन होल्डर ६ विकेट लिए भने सानोन ग्याब्रियलले ४ विकेट लिए । होल्डरले दोस्रो दिन एक्लै ६ विकेट लिने क्रममा २० ओभर बलिङ गर्दै ६ ओभर मेडर राखेर ४२ रन खर्चिए ।

पहिलो पारीमा इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए भने जोस बट्लरले ३५, डम बेसले ३१ र रोए ब्रुन्सले ३० रनको योगदान दिए । अन्यले भने गतिलो योगदान दिन सकेनन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.