पहिलो इनिङमा इंग्ल्यान्ड बलियो

इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको सिरिजको अन्तिम तथा निर्णायक टेस्टको पहिलो इनिङमा घरेलु टोली इंग्ल्यान्ड बलियो अवस्थामा छ । ओल्ड ट्राफोर्डमा जारी टेस्टको पहिलो इनिङमा इंग्ल्यान्डले ३६९ रन बनाएको छ ।

२५८–४को अवस्थाबाट दोस्रो दिनको सु?वात गरेको इंग्ल्यान्ड १११ रन जोड्दै अलआउट भयो । उसका लािग ओलिए पोपले सर्वाधिक ९१ रन बनाए भने जोश बट्लेले ६९, स्टुवार्ड ब्रोडले ६२ र डम बेसले ५८ रनको योगदान दिए ।

इंग्ल्यान्डलाई बलियो बनाउन पोप र बट्लरले पाचौं विकेटका लागि १४० रनको साझेदारी गरेका थिए । यस्तै, यस्तै डम बेस र ब्रोडले नवौं विकेटका लागि ७६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । वेस्टइन्डिजका केमर रोचले ४ तथा रोस्टन चेस र सानोन ग्याब्रिअलले समान २ विकेट लिए ।

दोस्रो दिन नै इनिङको सु?वात गरेको वेस्टइन्डिजले खराब प्रदर्शन गरेको छ । दोस्रो दिनका खेल समाप्तिमा वेस्टइन्डिज १३७–६को अवस्थामा छ । उसका कप्तान जेसन होल्डर २४ र शान डोर्विच १० रनमा अविजित छन् । उसका जोन क्याम्पवेलले ३२ र जेरमाइन ब्ल्याकउडले २६ रन बनाउका थिए । इंग्ल्यान्डका जेम्स एन्डरसन र ब्रोडले समान २ विकेट लिए ।

दुई टोलीबीचको तीन खेलको सिरिज १–१ को बराबरीमा छ । साउथह्याम्पटनमा भएको पहिलो टेष्टमा वेष्ट इन्डिज ४ विकेटले विजयी थियो भने ओल्ड ट्राफोर्डमै भएको दोस्रो टेस्टमा इंग्ल्यान्डले ११३ रनले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *