आर्चरले न्युजिल्यानडविरुद्धको टेस्ट गुमाउने

इंग्ल्सि फास्ट बलर जोफ्रा आर्चरले न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् । काउन्टी क्रिकेट खेल्ने क्रममा कुहिनामा चोट लागेपछि आगामी महिना हुने न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज आर्चरले गुमाउने भएका हुन्।

काउन्टी च्याम्पियनसिपअन्तर्गत मे १३ मा भएको केन्टविरुद्धको खेलमा आर्चरको कुहिनामा चोट लागेको थियो । चोटमुक्त हुँदै उनले ससेक्सका लागि केन्टविरुद्ध पहिलो खेल खेलेका थिए । तर, उनी पहिलो खेलमै घाइते भए । उनले सो खेलमा २ विकेट लिएका थिए ।

कुहिनाकै चोटका कारण उनले आईपिएल पनि गुमाएका थिए । उनको सोही चोट बल्झिएको बताइएको छ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आर्चरको कुहिनाको शल्यक्रिया गर्नुपर्ने बाएको छ । सोही कारण उनले न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज गुमाउने भएका हुन्।

इंग्ल्यान्डले जुनमा न्युजिल्यान्डसँग घरेलु मैदानमा दुई खेलको टेस्ट सिरिज खेल्नेछ । पहिलो टेस्ट जुन २ मा लर्ड्समा सुरु हुनेछ ।

Facebook Comments Box