इंग्ल्यान्डले रद्द गर्‍यो पाकिस्तान भ्रमण

इंग्ल्यान्डको आसन्न पाकिस्तान भ्रमण रद्द भएको छ। इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्ड (इसिबी)ले सोमाबार इंग्लिस टिमको पाकिस्तान भम्रण रद्द गरेको हो।

सुरक्षाको कारण देखाउँदै इसिबीले पाकिस्तान भ्रमण रद्द गरेको हो। इंग्ल्यान्डको पुरुष तथा महिला दुवै टिम आगामी अक्टोबरमा पाकिस्तान भ्रमण गर्ने तालिका थियो। इंग्ल्यान्डको यो १६ वर्षपछिको पाकिस्तान भ्रमण थियो। तर, त्यो पनि रद्द भएको छ।

‘यो वर्षको सुरुआतमा हामीले टि–२० विश्वकप अघि तयारीका लागि पाकिस्तानमा सिरिज खेल्ने तय गरेका थियौं । यो भ्रमणमा महिला र पुरष दुवै टिम जाने तया थियो,’ इसिबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसै साताको अन्त्यसको बसेको बैठकमार्फत हामीले पाकिस्तान भ्रमणमा नजाने निर्णय गरेका छौं।’

बोर्डले खेलाडी तथा सपोर्ट स्टाफको शारिरीक तथा मानसिक स्वास्थ्यलाई ध्यान दिँदै पाकिस्तान भ्रमण रद्द गरिएको जनाएको छ। कोरोनाका कारण बायो–बललले खेलाडीको स्वास्थ्यमा असर परेको इसिबीले बताएको छ।

यता, पाकिस्तान क्रिकेट बोर्डका नवनियुक्त अध्यक्ष रमिज राजाले इसिबीको यो निर्णयमा निराशा व्यक्त गरेका छन्। ‘इंग्ल्यान्ड आफ्नो प्रतिबद्धताबाट पछि हट्ने र आफ्नो वाचा पुरा नगर्दा निराश छु । किनकी यो समय हामीलाई इंग्ल्यान्डको पाकिस्तान भ्रमण निकै महत्वपूर्ण थियो,’ रमित राजाले ट्विटरमा लेखेका छन्।

यसअघि न्युजिल्यान्डले पनि पाकिस्तानविरुद्धको सिरिज खेल्न अस्वीकार गरेको थियो। सुरक्षाकै कारण न्युजिल्यान्ड टिम पाकिस्तानमै भएर पनि सिरिज नखेली स्वदेश फर्किएको थियो।

Facebook Comments Box