सर्वाजनिक भयो इपिएलको तालिका, उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर र काठमाडौं भिड्ने

आसन्न चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल)को तालिका सार्वजनिक भएको छ। आयोजक इपिएल प्रालिले बुधबार प्रतियोगिताको तालिका सार्वजनिक गरेको होे।

असोज ९ गतेबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्स इलावेन समाना गर्नेछ । पहिलो दिन एक खेल मात्र हुने छ।

सिंगल राउण्ट रोबिनका आधारमा हुने प्रतियोगिताको लिग चरण असोज १८ गते सकिने छ । त्यसपछि लिगका शीर्ष चार टिम प्लेअफमा पुग्ने छन्। शीर्ष दुई टिमले फाइनल प्रवेशका लागि क्वालिफायर १ खेल्ने छन् । यो खेल असो १९ गते हुने छ ।

यस्तै, लिगमा तेस्रो र चौथो हुने टिम एलिमिनेटरमा भिड्ने छन् । एलिमिनेटर असोज २० मा हुने छ। क्वालिफायर १को पराजित र एलिमिनेटरको विजेता बीच हुने क्वालिफयर २ असोज २१ गते हुने छ।

क्वालिफायर १ र क्लालिफायर २ बीचको विजेता उपाधिका लागि भिड्ने छन् । फाइलन असोज २३ गते हुने छ।

कीर्तिपुरस्थिती टियू मैदानमा हुने खेलमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स इलावेन, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोज सहभागी छन्।

इपिएलको विजेताले ५० लाख रुपैयाँ पाउने छ भने उपविजेताले १५ लाख रुपैयााँ पाउने छ। इपिएललार्इृ क्यान र आईसिसीले अनुमति दिइसकेको छ।

Facebook Comments Box