इपिएललाई आईसिसीको मान्यता, प्रतियोगिता असोज ९ देखि

नेपालको चर्चित फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (इपिएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले मानयता दिएको छ। प्रतियोगिताको आयोजक इपिएलका सिईओ आमीर अख्तरले बिहीबार विज्ञप्ति जारी गर्दै चौथो संस्करणको इपिएललाई आईसिसीले मान्यता दिएको जनाएका छन्।

कोरोना भाइरसको महामारीका रोकिएको चौथो संस्करणको इपिएललाई क्यानले यसअघि नै मान्यता दिइसकेको छ। आईसिसी र क्यानले मान्यता दिएसँगै इपिएलले प्रतियोगिता आयोजनाको मिति पनि तय गरेको छ।

इपिएलका अनुसार प्रतियोगिता आगमी असोज ९ गतेबाट सुरु हुने छ भने असोज २३ गतेसम्म चल्ने छ। प्रतियोगिता कीर्तिपुरस्थित टियू मैदानमा हुने छ।

यसअघि प्रतियोगिता गत चैत १ गतेदेखि आयोजना गर्ने तय भएको थियो । त्यसका लागि क्रिस गेल, कोरी एन्डरसन, उपुल थरंगा, ड्वायन स्मिथ, हासिम अमला, माेहम्मद सेहजादस्टार खेलाडी आउने निश्चित थियो । तर, अब उनीहरु आउँछन् या आउँदैनन् अहिले भन्न सकिने अवस्था छैन ।

प्रतियोगितामा ललितपुर प्याट्रिओट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स गरी ६ टिम सहभागी छन् । अघिल्लो सिजनको उपाधधि ललितिपुर प्याट्रिओट्सले जितेको थियो।

Facebook Comments Box