जितसँगै चितवनको प्लेअफ सम्भावना जिवितै, दबाबमा विराटनगर

कीर्तिपुरस्थित त्रिवी मैदानमा जारी एभरेस्ट प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै चिवतन टाइगर्सले प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ ।

सुरुवातका लागतार तीन खेलमा पराजित चिवतनले पछिल्लो दुई खेलमा जित निकाल्दै प्लेअफको सम्भावना जिवितै राखेको हो । चितवनले ५ खेलबाट ४ अंक जोड्दै पाचौं स्थानमा छ । अब चितवन प्लेअफमा पुग्ने उसले सोमबार हुने काठमाडौं किंग्स र विराटनगर वरियर्सबीचको खेलमा भरपर्नु पर्ने छ ।

काठमाडौं र विराटनगरबीचको उक्त खेलमा काठमाडौं फराकिलो अन्तरले विजयी भएमा मात्र चितवन प्लेअफमा पुग्ने छ । त्यस्तो अवस्था नआएमा विराटनगर प्लेअफमा पुग्ने छ । प्लेअफ पुग्ने अन्य तीन टोलीको टुंगो यसअघि नै लागि सकेको छ । ललितपुर प्याट्रियट्स, भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

चितवन ७ विकेटले विजयी
कीर्तिपुरस्थित त्रिवी मैदानमा शनिबार दिउँसो भएको खेलमा पोखराले दिएको १ सय ३० रनको लक्ष्य चितवनले एक ओभर बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो ।

चितवनलाई जित दिलाउन पाउल स्टिर्लिङ र मार्गी खेलाडी दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय योगदान गरे । ओपनिङ ब्याट्सम्यान स्टिर्लिङले ४६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५५ रन बनाए भने ऐरीले ४६ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५४ रनमा नटआउट रहँदै टिमलाई जित दिलाए ।

पोखराका लागि नन्दन यादवले २ विकेट लिए भने सुसन भारीको नाममा १ विकेट रह्यो । जीवनको अन्तिम खेलमा पोखराका मार्गी खेलाडी शक्तिले ४ ओभरमा २५ रन खर्चिए भने विकेट लिन सकेनन् ।

पहिले ब्याटिङ गरेको पोखराका लागि सुनिल धमलाले सर्वाधिक ५१ रन बनाए । उनले ४२ बलमा ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । यस्तै कप्तान केल कोइट्जरले १७ बलमा २३ रन जोड भने विनोद भण्डारीले ३६ बलमा २७ रनको योगदान दिए । राजेश पुलामीमगर १२ रन बनाए ।

चितवनका जर्ज स्टकले ३ विकेट लिए भने ललित भण्डारी २ विकट लिए । प्रतियोगिता अन्तर्गत आइतबार एक खेल हुने छ । दिउँसो १ बजे हुने खेलमा ललितपुर र भैरहवा भीड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP