इपिएलको प्ले अफ समीकरण पुरा

र्कीिर्तपुरस्थित टियू मैदानमामा जारी चौथो संस्करणको एभरेस्ट प्रियिमर लिग (इपिएल)को प्लेअफ समीकरण पुरा भएको छ। मंगलबारका लागि तय भएको भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलावेनबीचको लिगको अन्तिम खेल मैदान भिजेका कारण रद्द भएसँगै इपिएलको प्लेअफ समीकरण पुरा भएको हो।

खेल बरारीमा रोकिएसँगै काठमाडौं चौथो टिमका रुपमा प्लेफ पुग्यो । यसअघि चिवतन टाइगर्स पहिलो भएको थियो भने भैरहवा दोस्रो भयो । पोखरा राइनोज तेस्रो हुँदै प्लेअफ पुगेको छ।

शीर्ष स्थानमा रहेको चिवतले ५ मध्ये ४ खेल जित्दै ८ अंक जोड्यो भने भैरहवाले ३ जित र १ बरारबीसहित ७ अंक जोड्यो । यता, समान ७ अंक भएपनि रनरेटमा पछि पर्दै पोखरा तेस्रो बन्दा ३ अंक मात्र जोडेको काठमाडौं चौथो बन्यो।

शीर्ष दुईमा रहेका चिवतन र भैरहवाले क्लालिफायर १ खेल्ने छन् भने तेस्रो र चौथो बनेका पोखरा र काठमाडौंले एलिमिनेटर खेल्ने छन्। क्वालिफायर १को विजेता सिधै फाइलन पुग्ने छ भने हार्ने टिमले अर्को मौका पाउने छन् । हार्ने टिमले क्वालिफायर २मा पोखरा र काठमाडौंबीचको विजेतासँग खेल्ने छ । र, जित्ने टिम फाइलन पुग्ने छ।

चितवन र भैरहवाबीचको क्वालिफायर १ बुधबार बिहान ९ः१५ मा हुने छ भने पोखरा र काठमाडौंबीचको एलिमिनेटर बुधबार नै दिउँसो १ः१५ हुनेछ।

Facebook Comments Box