इपिएलको विजेताले ५० लाख पाउने

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)को पुरस्कार राशी वृद्धि भएको छ। आयोजक इपिएल प्रालिले पुरस्कार राशि ५० प्रतिशत वृद्धि गर्दै विजेतालाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ।

यस्तै, उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ। यसअघि प्रतियोगिताका विजेतोले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पाएका थिए।

चोथौ संस्करणको इपिएल असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानमा आयोजना हुने छ। इपिएल आयोजनाका लागि आईसिसी र क्यानले मान्यता दिइसकेको छ। इपिएललाई बजाज पल्सर बाइकले मुख्य प्रायोजन गरेको छ।

प्रतियोगितामा विभिन्न छ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन्।

चौथो संस्करणको इपिएलका फ्रेन्चाइज क्लबले स्टार विदेशी खेलाडी अनुबन्ध गरेका छन्। पाकिस्तान पूर्वकप्तान साहिद अफ्रिदी, पाकिस्तानी टिमकै डानिस अजिज, सोएब मल्लिक, श्रीलंकन टिमका सुकुगे प्रासन्न, दिनेश चन्डिमल, वेस्टइन्डिजका कार्लोस ब्रेथवेटलगायतले इपिएल खेल्ने पक्का भइसकेको छ।

Facebook Comments Box