क्रिकइन्फो अवार्डमा मनोनयनमा परे सन्दीप लामिछाने

Read Time:2 Minute

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने इएसपिएन क्रिकइन्फो अवार्डको मनोनयनमा परेका छन्। सन्दीप इएसपिएन क्रिकइन्फो अवार्डको एसोसिएट बलिङको उत्कृष्ट पाँचको मनोनयनमा परेका हुन्।

क्रिकेटसम्बन्धी सबैभन्दा चर्चित न्युज पोर्टल इएसपिएल क्रिकइन्फोले यो अवार्ड हरेक वर्ष आयोजना गर्छ । एसोसिएट बलिङमा सन्दीपसँगै नामिबियाका तीन र नाइजेरियाका एक खेलाडी मनोनयनमा परेका छन्।

एसोसिएट बलिङको मनोनयनमा पर्नेमा सन्दीपसँगै नामिबियाका जान फ्राइलिंक, रुबेन ट्रम्पलमेन र जेजे स्मिथ छन् भने नाइजेरियाका पिटर आहो पनि छन् ।

गत सेप्टेम्बरमा ओमानमा एकदिवसीय सिरिजको दोस्रो खेलमा पपुवा न्यु गिनीविरुद्ध गरेको उत्कृष्ट प्रदर्शनका कारण सन्दीप मनोनयनमा परेकाम हुन्। सो खेलमा सन्दीपले ५.१ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिएका थिए ।

जान फ्राईलिंकले युएईविरुद्ध टी–२० मा २४ रन खर्चेर ६ विकेट लिएका थिए । यस्तै रुबेनले टी–२० विश्वकपमा स्कटल्याण्डविरुद्ध १७ रन खर्चेर ३ विकेट लिएका थिए ।

यस्तै जेजे स्मिथले विश्वकप लिग टु एकदिवसीय खेलमा ओमानविरुद्ध ५ विकेट लिएका थिए । नाइजेरियाका पिटरले टी–२० मा सियरा लियोनविरुद्ध ५ रन मात्र खर्चेर ६ विकेट लिएका थिए । एसोसिएट ब्याटिङमा भने नेपालबाट कुनै खेलाडी समावेश भएका छैनन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post काठमाडौं ओर्लिएपछि सन्दीपले भने– देशभन्दा ठूलो केही छैन, सबै एकजुट भएर खेल्छौं
Next post केएल राहुल आइपिएलका सबैभन्दा महँगा खेलाडी
Close