होप चम्किँदा पहिलो वान डेमा वेस्टइन्डिज विजयी

साइ होपले सानदार शतक प्रहार गरेपछि श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली वेस्टइन्डिजन विजयी भएको छ। नर्थ साउण्डमा बुधबार राति भएको खेलमा होपको शतक मद्दतमा वेस्टइन्डिजले श्रीलंकालाई ८ विकेटले हराएको हो ।

पहिला ब्याटिङ गर्दै श्रीलंकाले दिएको २३३ रनको लक्ष्य वेस्टइन्डिजले ४७ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो। उसका लागि होपले ११० रनको इनिङ खेले । उनले १३३ बलमा १२ चौका र १ छक्का प्रहार गरे । यस्तै, यस्तै इभिन लेविसले ६५ रन जोड्दा डरेन ब्राभो ३७ रनमा अविजित रहे । श्रीलंकाका दुश्मन्था चामिराले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २३२ रन बनाएको थियो । श्रीलंकाका दनुश्का गुनाथिलकाले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान दिमुथ करुनारत्नेले ५२ तथा एशन बानडराले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।

वेस्ट इन्डिजका जासन होल्डर र जासन मोहमदले २–२ विकेट लिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.