एभरेस्ट प्रियिमर लिग असोजमा

कोरोना महामारीका कारण रोकिएको चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) असोजमा आयोजना हुने भएको छ। आयोजक ईपीएल क्रिकेटले प्रतियोगिता असोज ९ गतेदेखि असोज २३ गतेसम्म हुने जनाएको छ ।

यो मितिका लागि नेपाल क्रिकेट संघ (क्यान)ले समेत स्वीकृति दिइसकेको इपिएलले जनाएको छ। चौथो संस्करणको प्रतियोगिता यसअघि चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुने तय भएको थियो।

कोरोनाले रोकिएको प्रतियोगितामा वेष्ट इण्डिजका क्रिस गेल, श्रीलंकाका उपुल थरंगा, केश्रिक विलियम्स, जर्ज मुन्से, केभिन ओ ब्रायनजस्ता चर्चित खेलाडीले खेल्ने तय भएको थियो। इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले आगामी सिजनमा समेत पहिले अनुबन्धित खेलाडीले खेल्ने बताए।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.