धोनीको ब्रान्ड सेभेनले इपिएललाई प्रायोजन गर्ने

भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको ब्रान्ड सेभेनले आगामी सिजनको एभरेस्ट प्रिमियर लिग (इपिएल)लाई प्रायोजन गर्ने भएको छ।

सेभेन भातरमा खेलकुद सामग्री उत्पादन गर्ने कम्पनी रिति ग्रुपख अन्तर्गत रहेको स्पोट्स ब्रान्ड हो । सेभेन इपिएलको मुख्य सहप्रायोजक बनेको छ। इपिएलका प्रबन्धन निर्देशक आमिर अख्तर र रिति ग्रुपका प्रबन्ध निर्देशक अरुण पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

इपिएल र सेभेनबीच ३ वर्षका लागि सम्झौता भएको छ । सम्झौताअनुसार सेभेनले इपिएलका ६ वटै टिमका जर्सी, जुत्ता, किट उपलब्ध गराउनुका साथै मर्चेनडाइज पार्टनरको रुपमा समेत रहनेछ ।

इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले सेभेनसँग करिब ८० लाख भारतीय रुपैयाँ बराबरको सम्झौता भएको बताएका छन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.