मारोन मिडियो बन्यो इपिएलको सेल्स एजेन्ट

अष्ट्रेलियाको मारोन मिडिया नेपालको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपिएल)को अन्तर्राष्ट्रिय सेल्स एजेन्ट बनेको छ। चौथो संस्करणको इपिएलका लागि मारोन मिडिया इपिएलको अन्तर्राष्ट्रिय सेल्स एजेन्ट बनेको हो।

इपिएल र मारोन मिडियाबीच मंगलबार सम्झौता भएको छ। सम्झौतासँगै चौंथो संस्करणको विभिन्न देशमा बिक्री गर्ने अधिकारको जिम्मा मारोनले पाएको छ । इपिएल मारोनले अन्तर्राष्ट्रियस्तरमा प्रत्यक्ष प्रशारण गर्नेछ ।

मारोनका सह–संस्थापक लारा रिचर्ड्सले एभरेष्ट प्रिमियर लिगसँग सम्झौता गर्न पाउँदा खुशी लागेको बताए। त्यस्तै इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले यस किसिमको सम्झौता गर्न पाउनु गर्वको विषय भएको बताए।

चौथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय भएको छ। प्रतियोगितामा ललितपुर प्याट्रिओट्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स गरी ६ टिम छन्।

Facebook Comments Box