हाइस्कोरिङ म्याचमा चेन्नईमाथि लखनउको जित

Read Time:2 मिनेट

आइपिएल अन्तर्गत बिहीबार राति भएको हाइस्कोरिङ म्याचमा लखनउ सुपर जायन्ट्स विजयी भएको छ। डेब्यु प्रतियोगिता खेलिरहेको लखनउले चार पटकको च्याम्पियन चेन्नईलाई ६ विकेटले हराउँदै पहिलो जित हात पारेको हो।

२ सय ११ रनको विशाल लक्ष्य लखनऊले १९।३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। लखनऊको जितमा एविन लेविसले २३ बलमा अविजित ५५ रन बनाए भने आयुष बदोनीले ९ बलमा १९ रन जोडे। ओपनर क्विन्टन डि ककले ४५ बलमा ६१ रन बनाउँदा लोकेश राहुलले २६ बलमा ४० रन बनाए।

चेन्नईका ड्वेन प्रिटोरियसले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए भने तुषार देशपान्डेले ४ ओभरमा ४० रन खर्चेर १ विकेट लिए। ड्वेन ब्राभोले १ विकेट लिए।

ब्रेबोर्नमा टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १० रन बनाएको थियो। चेन्नईका ओपनर रोबिन उथप्पाले २७ बलमा सर्वाधिक ५० रनको योगदान दिए। शिवम दुबेले ३० बलमा ४९ रन बनाएका थिए।

ओपनर ऋतुराज गायकवाड १ रनमा आउट हुँदा मोइन अलीले २२ बलमा ३५ रन जोडे। अम्बाति रायुडूले २० बलमा २७ रन जोडे भने रविन्द्र जडेजाले ९ बलमा १७ रनमा आउट भए। ६ बल खेलेका महेन्द्रसिंह धोनी १७ रनमा अविजित रहे।

लखनऊका स्पिनर रवि बिश्रोईले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिँदा आवेश खानले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए।

पहिलो खेलमा चेन्नई कोलकातासँग ६ विकेटले पराजित भएको थियो भने लखनउ गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो। चेन्नईले अव आइतबार पन्जाब किंग्ससँग खेल्नेछ भने लखनऊले सोमबार सनराइजर्स हैदराबादसँग खेल्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post फिफा वरीयता : नेपाल एक स्थान तल झर्‍यो, ५ वर्षपछि ब्राजिल शीर्ष स्थानमा
Next post विश्वकपको ड्र आज हुँदै
Close