फर्गुसन चम्किँदा कोलकाता सुपर ओभरमा विजयी

न्युजिल्यानडका फास्टबलर लुकी फर्गुसन चम्किएपछि आईपिएलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । आइतबार साँझ दुबईमा भएको खेलमा फर्गुसनले उत्कृष्ट बलिङ गरेपछि कोलकाताले सुभपर ओभरमा सनराइसर्ज हैदरावादलाई हरायो ।

१६४ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १६३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा फर्गुसनले उत्कृष्ट बलिङ गर्दै डेविड वार्नर र अब्दुल समदलाई बोल्ड गर्दै २ रन मात्र दिए । ३ रनको लक्ष्य कोलकाताले ४ बलमा भेट्टायो । यो सिजन फुर्गसनको यो पहिलो खेल हो ।

यो जितसँगै कोलकाता ९ खेलमा ५ खेल जित्दै १० अंकसहित चौथो स्थानमा छ । ३ खेल मात्र जितेको सनराइजर्स हैदरावाद पाचौं स्थानमा छ ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनायो । उसका लागि कप्तान वार्नरले ३३ बलमा सर्वाधिक ४८ रन बनाउ । यस्तै जोनी बेइस्टोले ३६, केन विलियम्सनले २९ र समदले २६ रनेका योगदान लिए । कोलकाताका फगुर्नसलने ४ ओभरमा १५ रन मात्र खर्चिएर ३ विकेट लिए ।

कोलकाताविरुद्ध उत्कृष्ट इनिङ खेलेका वार्नरले आईपिएलमा ५ हजार रन पुरा गरेका छन् । १३५ खेलमा ५ हजार रन बनाएका वार्नर आईपिएलमा ५ हजार रन बनाउने पहिलो विदेशी खेलाडी हुन् । ५३७ रन बनाएक वार्नर आईपीएलमा सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा छन् । उनीभन्दा अघि विराट कोहली, सुरेश रैना र रोहित शर्मा छन् ।

यसअघि पहिला ब्यटिङ गरेको कोलकाताले कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । कोलकत्ताका लागि शुभमन गिलले सर्वाधिक ३६ रन जोड्दा कप्तान इयान मोर्गनले ३४ रन बनाए । यस्तै नितिश रानाले २९ रन बनाउदा राहुल त्रिपाठीले २३ रन बनाउँदा दिनेश कार्तिक २९ रनमा अविजित रहे । हैदराबादका टी नटराजनले २ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP