
सूर्यकुमार यादवले आईपिएलका बाँकी खेल गुमाउने
मुम्बई इन्डियन्सका स्टार ब्याट्सम्यान सूर्यकुमार यादवले आईपिएलका बाँकी खेल गुमाउने भएका छन् । मिडल अर्डर ब्याट्सम्यान यादवले बायाँ हातको नाडीमा चोटको कारण आईपीएलका बाँकी खेल गुमाउने भएका हुन् ।
गत मे ६ मा गुजरात टाइटन्सविरुद्धको खेलमा यादवलाई चोट लागेको थियो । यादवले सोमबार राति भएको कोलकाता नाइट राइडर्सविरुद्धको खेलसमेत गुमाएका थिए ।
त्यस खेलअघि नै मुम्बई इन्डियन्सले स्टेटमेन्ट जारी गर्दै सूर्यकुमार यादव टिम बाहिर रहने जनाएको थियो । सूर्यकुमार यादवले यस सिजन मुम्बईका लागि ८ खेल खेल्दै ३ अर्धशतक मद्दतमा ३०३ रन बनाएका छन् ।