अफ्रिदीमा देखियो कोरोना संक्रमण

पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान साहिद अफ्रिदीमा कोरोना संक्रमण देखिएको छ । अफ्रिदीले आइतबार आफूलाई कोरोना संक्रमण भएको जनाएको हुन् ।

२२ वर्ष पाकिस्तानी टिममा बिताएका अफ्रिदीले ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको बताएका हुन् । ‘बिहीबारदेखि मेरो स्वास्थ्यमा सस्यमा आएको थियो, जिउ निकै दुखेको थियो । त्यसपछि म उपचारका लागि अस्पताल पुगेँ र कोरोना परीक्षण गराएँ,’ उनले लेखेका छन्, ‘दुर्भाग्य कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो ।’

अफ्रिदीले कोरोनाबाछट मुक्त हुन सबैको प्रार्थना आवश्यक भएको बताएका छन् । ‘कोरोनालाई जित्न सबैको पार्थना आवश्यक छ ! इंशाअल्ला !’ अफ्रिदीले ट्विट गरेका छन् ।

पूर्वकप्तान समेत रहेका अफ्रिदी कोरोना संक्रमण हुने तेस्रो पाकिस्तानी क्रिकेटर हुन् । यसअघि टाउफिक उमार र जाफर सर्फराजलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

सन् १९९६ देखि २०१८ सम्म पाकिस्तानी टिममा बिताएका अफ्रिदीले २७ टेष्ट, ३९८ एकदिवसीय र ९९ टि–२० खेल खेलका छन् । जसमा उनले टेस्टमा १७१६ रन र ४८ विकेट लिएका छन् भने एकदिवसीयमा ८०६४ रन बनाउँदा ३९५ विकेट चट्काएका छन् । यस्तै, टि–२०मा १४१६ रन र ९८ विकेट लिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.