क्यानको निर्णयमा प्रश्न उठाउने ज्ञानेन्द्रसहित ४ क्रिकेटर कारबाहीमा

Read Time:2 Minute

नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी वर्गीकरणमा सन्तुष्टी जनाउने चार क्रिकेटरमाथि क्यानले कारबाही गरेको छ। क्यानको बुधबार बसेको बोर्ड बैकठले कप्तान मल्लासहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गर्ने निर्णय गरेको हो।

बैठकले छानविन समितिको प्रतिवेदनका आधारमा ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाउने निर्णय गरेको छ । यस्तै, चारै क्रिकेटरलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरुका ६ महिना नराख्ने निर्णय पनि गरेको छ।

खेलाडीलाई कारबाही गर्ने विषयमा क्यानको बैठकमा समेत मतभेद भएको थियो। ६ जना केन्द्रीय सदस्यहरूले खेलाडीलाई कारबाही गरेर विवाद समाधान नहुने बताएका थिए। केन्द्रीय सदस्यहरू अमितवीर पाण्डे, ऋषिराम गौतम, दाउद अन्सारी, करण मल्होत्रा, छुम्बी लामा र सञ्जय सिंहले खेलाडीलाई कारबाही गर्न नहुने राय राखेका थिए। तर, क्यानले बहुमतका आधारमा खेलाडीलाई कारबाही गर्ने निर्णय पास गरेको थियो।

यी चार क्रिकेटरले क्यानले दुई महिनाअघि गरेको खेलाडी वर्गिकरणमा असन्तुष्टी जनाएका थिए। उनीहरुले क्यानको वर्गिकरणप्रति मिडियामार्फत असन्तुटी जनाएका थिए। त्यसपछि क्यनले सो सम्बन्धी छानविन गर्न कार्यबहाक सचिव प्रशान्तविक्रम मल्लाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो भने खेलाडीलाई लिखित जवाफ पनि सोधेको थियो।

खेलाडीले सर्वाजनिक रुपमा असन्तुटी जनाएपछि क्यानका पादधिकारी उनीहरुसँग रुष्ट थिए । क्यान अध्यक्ष चतुरबहादुर चन्दसहितले खेलाडीले अनुशासन पालना नगरेकाले उनीहरुमाथि कारबाही हुने सार्वजनिक रुपमै बताउँदै आएका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बर्खास्तीमा परे ज्ञानेन्द्र, सन्दीप नयाँ कप्तान
Next post नेपाली क्रिकेट टिमको बन्द प्रशिक्षण पोखरामा
Close