क्यानलाई ४ क्रिकटरको प्रश्न– हाम्रो समर्पणको सम्मान यही हो ?

Read Time:4 मिनेट

नेपाल क्रिकेट संघको कारबाहीमा परेका ४ क्रिकेटरले शुक्रबार संयुक्त पत्रकार सम्मलेन आयोजना गर्दै क्यानलई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन्। शुक्रबार होटल क्राउन प्लाजामा पत्रकार सम्मलनेल गर्दै उनीहरुले आफ्नो अधिकारका लागि आवाज उठाएकै आधारमा देशका लागि वर्षौं खेलेका खेलाडीमाथि गरिएको कारबाहीमा पुनर्विचार हुनुपर्ने माग गरेका गरे।

क्यानले गत बुधबार अनुशासन उल्लंघन गरेको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो भने ज्ञानेन्द्र र दीपेन्दसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२को सेन्ट्रल कन्ट्याक्टमा ६ महिना नराख्ने निर्णय पनि गरेको थियो।

उनीहरुले जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने जस्ता कारबाही गरिएको समाचारले आफूहरुलाई निकै दुखी बनाएको बताए। उनीहरुले आफ्नो इच्छा–आकांक्षा मारेर नेपाली क्रिकेट समर्पित खेलाडीहरुको सम्मान यही हो ? भनेर क्यानलाई प्रश्न पनि गरेका छन् ।

‘के हामीले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो । हामीले बुझेको खेलाडीहरूको ग्रेडिङ उसले पाउने तलब मात्रै होइन,’ उनीहरुले भनेका छन्, ‘देशका लागि गरेको योगदानको कदर पनि हो, अझै राम्रो गर्न प्रोत्साहन पनि हो। के यो कारबाहीले भोलिका दिनमा नयाँ पुस्ता नेपाली क्रिकेटमा लाग्न प्रोत्साहित गर्छ ?’

खेलाडीहरुले क्रिकेटमा देखिएको सबै समस्याको हल गर्नुपर्ने भन्दै तत्काल संवाद अघि बढाउन क्यानलाई आग्रह गरेका छन्। उनीहरुले भनेका छन्– ‘पछिल्लो समय खेलाडीहरूको ग्रेडिङलाई लिएर विवादले हामीलाई अत्यन्तै दुःखी बनाएको छ। हामी चाहन्छौं अहिलेका सबै समस्याको समाधान होस्।’

उनीहरुले क्यानलाई खेल्नका लागि राम्रो वातावरण बनाउन आग्रह गर्दै भनेका छन््– ‘यसका लागि क्यानले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस्। हामी र हामीजस्ता क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नआओस्।’

क्यानले खेलाडीमाथि कारबाही गरेपछि यसको चौतर्फी विरोध भएको छ। खेलाडीलाई गरिएको कारबाहीप्रति नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र खेलकुदमन्त्री महेश्वर गहजरागले पनि चासो देखाएका छन्।

अध्यक्ष प्रचण्डले शुक्रबार बिहानै बालुवाटार पुगेर यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । यस्तै, खेलकुदमन्त्री गहतराजले क्यान पदाधिकारीलाई मन्त्रालयमै बोलाएर क्रिकेटमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको बताएका छन्। उनले राष्ट्र चिनाउन भएको भन्दै मन्त्री गहतराजले खेलाडीहरुलाई संरक्षण गर्न पनि क्यानका पदाधिकारीले निर्देशन दिए।

क्यान र खेलाडीबीच देखिएको समस्या समाधानकालागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री गहतराजले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह गरेको भन्दै चिन्ता व्यक्त गरे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post क्यान पदाधिकारी मन्त्रालय बोलाएर खेलकुदमन्त्री ले भने– राष्ट्र चिनाउने खेलाडीलाई दुरुत्साहित गरिनु गलत हो
Next post भुटानमाथि नेपालको सानदार जित, अन्तिम खेलमा भारतलाई रोक्न सके फाइनलमा
Close