नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ब्याटिङबाट महत्वपूर्ण योगदान दिएपछि उनको टिम ग्लोबल टि–२० लिग क्यानडाको फाइनलमा प्रवेश गरेको छ। दीपेन्द्रले मिडलअर्डरमा शेरफान रथरफोर्ड महत्पूर्ण साझेदारी गरेपछि क्वालिफायर २मा मोन्ट्रेलले भ्यानकोभर नाइट्सलाई १ विकेटले हरायो।
१३८ रनको लक्ष्य पछ्याको मोन्ट्रेललाई जितका लागि अन्तिम ओभरमा १५ चाहिएको थियो । शथरफोर्डले लागतार ३ छक्का प्रहार गर्दै टिमलाई फाइनल पु¥याए। उनले ३४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै४८ रन बनाए।
यस्तै, २९–४को दबाबपूर्ण अवस्थामा ब्याटिङका लागि आएका दीपेन्द्रले २८ बलमा २ चौका प्रहार गर्दै २५ रन बनाए। उनी कोर्बिन बोसको बलमा इन्साइड एच लागेर बोल्ड भएका थिए। उनले पाँचौं विकेटका लागि शथरफोर्डसँग ४३ रनको साझेदारी गरेका थिए। मेन्ट्रेलको इनिङमा यो नै सबैभन्दा ठूलो साझेदारी थियो।
यस्तै, आयन खानले १४ बलमा समान १ चौका र छक्का प्रहार गर्दै महत्वपूर्ण १८ रन बनाउँदा आन्द्रे रसेलले १७ र मुहम्मद वासिमले १३ रनको योगदान दिए।
भ्यानकोभरका लागि जुनैद सिद्दिकीले ४ ओभरमा २२ रन मात्र खर्चेर ४ विकेट लिए। योसँगै उनी १५ विकेट लिँदै प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्। यस्तै, फाबियन एलेन र कोर्बिन बोसले समान १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको भ्यानकोभरले ७ विकेटको क्षतिमा १३७ रन बनायो । उसका लागि मोहम्मद रिचवानले ३३ बलमा सार्वधिक ३८ रन बनाउँदा कोर्बिन बोसले २८ बलमा ३६ र हर्ष थाकेरले २१ बलमा २६ रनको योगदान दिए।
भ्यानकोभरलाई सस्तैमा रोक्ने क्रममा मोन्ट्रेका अब्बास अफ्रिदीले ह्याट्रिक लिएर उनले १२ ओभरको पछिल्ला तीन बलमा बोस, कप्तान रसी भान डेर डुसेन र नाजिबुल्लाह जद्रानलाई आउट गरेका थिए। उनले ४ ओभरमा २९ रन खर्चेर ५ विकेट लिए। अर्को विकेट आयन खानले लिए।
अब मोन्ट्रेल उपाधिका लागि आज राति सुर्रे जागुर्ससँग खेल्ने छ। खेल नेपाली समयअनुसार राति ९ः४५मा हुनेछ। सुर्रे क्यालिफायर १मा भ्यानकोभरलाई नै हराउँदै फाइनल पुगेको हो।