क्रिकेटराष्ट्रिय क्रिकेट

गौशाला २६ आत्महत्या प्रयास, खतरा मुक्त

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडित भनिएकी किशोरी ‘गौशाला २६’ले आत्महत्याको प्रयास गरेकी छन्। चिकित्सकको प्रेस्क्रिप्सनविपरीत धेरै औषधि सेवन गरेर उनले आत्महत्या प्रयास गरेकी हुन्।

गौशाला २६ हाल माइती नेपालको संरक्षणमा रहँदै आएको र मनोचिकित्सकको परामर्शमा रहेकी छन्। सोही उपचारको क्रममा चिकित्सकको सल्लाहअनुसार औषधि खाइरहेकी थिइन्।

हाल उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको बताइएको छ।

तीन दिनबाट पेनिक अट्याक आएपछि निको हुनका लागि गौशाला २६ ले एकैचोटि तोकिएको मात्राभन्दा धेरै औषधि सेवन गरेको बुझिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए ।

ुगौशाला २६ ले तोकिएको मात्राभन्दा बढी औषधि सेवन गरेका कारण अस्वस्थ भइ उनलाई अहिले उपचारका क्रममा नर्भिक अस्पतालमा भर्ना गरिएको छ । पीडितको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको चिकित्सकले जानकारी दिनुभएको छ,ु एसपी ढुंगेलले भने।

सो मुक्ताको पेशी भोलि (आइतबार)का लागि तोकिएको छ।