गौतम बुद्ध रंगशालालाई बनाउन ललितपुर महानगरले दियो २० लाख

चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ललितपुर महानगरले धुर्मुस–सुन्तली फाउन्डेसनलाई शुक्रबार उक्त रकमको चेक प्रदान गरेको छ ।

महानगर प्रमुख चिरीबाबु महर्जनले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई चेक हस्तान्तरण गरे । नगरप्रमुख महर्जनले रंगशाला निर्माणले नेपाललाई अन्तर्राष्ट्रिय स्तरको ख्याति दिने बताए ।

अध्यक्ष कट्टेलले हाल रंगशाला मैदानको ८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको र १४ महिनाभित्र रंगशाला निर्माणको काम पूर्ण सम्पन्न हुने जानकारी गराए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.