स्वीट्जरल्यान्ड, मंगोलिया र ताजकिस्तानलाई एसोसिएट राष्ट्रको मान्यता

स्वीट्जरल्यान्ड, ताजकिस्तान र मंगोलियाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)को एसोसिएट् सदस्यता प्राप्त गरेका छन् । आईसिसीको ७८औं वार्षिक साधारणसभाले स्वीट्जरल्यान्ड, ताजकिस्तान र मंगोलियालाई एसोसियट राष्ट्रको मान्यता दिने निर्णय गरेको हो।

मान्यतासँगै मंगोलिया एसियाको २२औं र ताजिकिस्तान २३औं एसोसियट राष्ट्र बनेका छन्। यस्तै स्वीट्जरल्यान्ड युरोपको ३५औं एसोसिएट राष्ट्र बनेको छ।

तीन राष्ट्रले सदस्यता प्राप्त गरेसँगै आईसीसीको एसोसियट राष्ट्रको संख्या ९४ पुगेको छ भने यस्तै आईसिसीसँग आबद्द्ध राष्ट्रको संख्या १०६ पुगेको छ ।

Facebook Comments Box