गिलको ब्याटिङ चल्दा कोलकाता विजयी, हैदरावादको लगतार दोस्रो हार

युएईमा जारी १३औं संस्करणको आईपिएलमा कोलकाता नाइट राइडर्सले पहिलो जित हात पारेको छ । शनिबार राति अबुधाबिमा भएको खेलमा युवा व्याट्सम्यान शुभमन गिलले उत्कृष्ट ब्याटिङ गरेपछि कोलकताले सनराइजर्स हैदरावादलाई ७ विकेटले हरायो ।

कोलकाताको यो पहिलो जित हो । पहिलो खेलमा कोलकता मुम्बई इन्डियन्ससँग ४९ रनले पराजित भएको थियो । यता, हैदरावादले भने लागतार दोस्रो हारको सामाना गरेको छ । पहिलो खेलमा हैदरावाद रोयल च्यालेन्जर्स बैंग्लोरसँग १० रनले पराजित भएको थियो ।

अबुधाबिस्थित शेख जायद रंगशालामा भएको खेलमा पहिला ब्याटिङ गर्दै हैदरावादले दिएको १४३ रनको लक्ष्य पछ्याएको कोलकाताले १८ ओभरमा ३ विकेटमात्र गुमाएर लक्ष्य भेट्टायो । कोलकाताका लागि शुभमन गिलले सर्वाधिक ७० रनको इनिङ खेले । सुनिल नारिनसँगै ओपनिङमा आएका गिल ६२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै नटआउट रहे ।

यस्तै, इओन मोर्गन २९ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रन बनाउँदै नटआउट रहे भने नितिश रानाले १३ बलमा २६ रन बनाए । मोर्गन र गिलले तेस्रो विकेटका लागि नटआउट ९२ रनको साझेदारी गरेका थिए । हैदरावादका खालिल अहमद, रसिद खान र थंगरासु नटरानले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको हैदरावादले मनिष पाण्डेले अर्धशतक बताए पनि निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १४२ रनमात्र बनाउन सक्यो । पाण्डेले ३८ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, कप्तान डेविड वार्नरले ३६ रन बनाए भने ऋद्दिमन साहले ३० रनको योगदान दिए । कोलकाताका पाट कमिन्स, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP