गर्ल्स क्रिकेट फ्रेण्डली सिरिजको उपाधि टिम चण्डेश्वरीले जित्यो

Read Time:4 मिनेट

टोखास्थित टिम चण्डेश्वरीले गजराज जोशी स्मृती कप २०२१ गल्र्स क्रिकेट फ्रेण्डली सिरिजको उपाधि जितेको छ। नेपालका पहिलो धावक स्व. गजराज जोशीको जन्मजयन्तीका अवसरमा गजराज जोशी ट्रष्टले आयोजना गरेको गर्ल्स क्रिकेट फ्रेण्डली ट्राई सिरिजमा टिम सरस्वती माथि २–१ को जित निकाल्दै सिरिजमा कब्जा जमाएको हो ।

गोल्फुटारस्थित रोयल इन्डोर क्रिकेट एकेडेमीमा भएको सिरिजको १२ ओभरको पहिलो खेलमा टिम सरस्वतीले ६ विकेटको जित निकाल्यो । टस जितेर बलिङ रोजेको सरस्वतीले चण्डेश्वरीलाई ५ विकेटको क्षतीमा ६८ रनमा रोक्न सफल भएको थियो ।

चण्डेश्वरीका संस्कृती फुयालले १५ बलमा १८ रन र बिपिषा शाहीले १० बलमो १४ रन जोडे । टिम सरस्वतीका प्रकृती पोखरेलले ३ ओभरमा २२ रनका साथ एक विकेट र अश्मिता खरेलले ३ विकेटमा १५ रन खर्चिदै एक विकेट हात पारेकी थिइन्।

६९ रनको लक्ष्य पछ्याएको टिम सरस्वतीले १० ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । सरस्वतीका प्लेयर अफ दि म्याच विन्दा कटुवालले ३३ बलमो ४० र हेलिशा गुरुङले १६ बलमा १३ रन बनाइन् । चण्डेश्वरीकी विपिषा शाहीले १ विकेट लिइन् ।

सिरिजको दोश्रो खेलमा टिम चण्डेश्वरीले ६ रनको जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ गरेको चण्डेश्वरीले ८.१ ओभरमा सवै ७ विकेट गुमाउँदै ७७ रन जोड्यो ।

प्लेयर अफ दि म्याच डली भट्टले ११ बल फेस गर्दै २ छक्काको मद्धतले २१ रन जोडिन् । यस्तै संस्कृती फुयालले २२ बलमा १६ रन बनाउँदा खुशी डंगोलले १२ बलमा १२ रन बनाइन् । सरस्वतीका कृष्मा गुरुङले ३ र प्रकृती पोखरेलले २ विकेट लिइन्।

७८ रनको लक्ष पछ्याउने क्रममा टिम सरस्वती १२ ओभरमा पुरै ७ विकेट गुमाउँदै ७१ रनमा समेटियो । सरस्वतीका हेलिशा गुरुङले ३६ बलमा २९ रन र विन्दा कटुवालले २० बलमा २२ रन जोडिन् । चण्डेश्वरीका डली भट्ट र विपिषा शाहीले समान १ विकेट लिए।

सिरिजको तेश्रो तथा अन्तिम खेलमा चण्डेश्वरीले ७ रनको जित निकाल्दै सिरिज जित्यो । तेस्रो खेलमा पहिला ब्याटिङ गरेको चण्डेश्वरीले ५.३ ओभरमा अलआउट हुँदै ३९ रनमात्र बनाउन सक्यो । उसका लागि सोनी पाख्रिनले ९ बलमा १० र संस्कृती फुयालले ६ बलमा १० रन जोडिन् । बलिङ तर्फ सरस्वतीकी प्रकृती पोखरेल र अस्मिता खरेलले समान २ विकेट लिए ।

४० रनको लक्ष्य पछ्याएको सरस्वती ६.५ ओभरमा ३२ रनमै समेटियो । सरस्वतीका विन्दा कटुवालले ७ र हेलिसा गुरुङले ६ रन बनाइन्। बलिङ तर्फ चण्डेश्वरीका सोनी पाख्रिन र डली भट्टले समान २ विकेट लिए।

खेलाडीहरुलाई ट्रष्टका अध्यक्ष मनिष जोशी, नेपाली महिला टोलीकी पूर्व कप्तान निरा राजोपाध्याय, टोखा नगरपालिका २ का वडा अध्यक्ष दीपकराज जोशीलगायतल पुरस्कार वितरण गरे। महिला क्रिकेट टिम उत्पादन गर्ने उद्धेश्यले टोखास्थित दुई क्षेत्र सरस्वती र चण्डेश्वरीमा महिलाहरुको दुई टिम स्थापना गरि उक्त टिमका विच प्रतिस्पर्धा गराईएको प्रशिक्षक रविन जोशीले बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इपिएलमा यस्तो हुनेछ चिवतनको टिम, प्रभु पे मुख्य प्रायोजक
Next post भर्चुअल कोरियन एम्बासडर तेक्वान्दो शुक्रबारबाट
Close