बैंग्लोर प्लेअफमा

विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोर यूएईमा जारी १४ औं संस्करणको इन्डियन प्रमियर लिग (आइपिएल)को प्लेअफमा प्रवेश गरेको छ। शारजहमा आइतबा राति भएको खेलमा पञ्जाब किंग्समाथि ६ रनको जित निकाल्दै बैंग्लेर प्लेअफमा पुगेको हो।

योसँगै प्लेअफ पुग्ने तीन टिमको टुंगो लागिसकेको छ । यसअघि चेन्नई सुपरकिंग्स र दिल्ली क्यापिटल्स प्लेअफ पुगिसकेका थिए। अब कोलकाता नाइट राइडर्स, पञ्जाब किंग्स, राजस्थान रोयल्स र मुम्बई इन्डियन्स मध्ये १ टिम प्लेअफ पुग्ने छ।

पहिला ब्याटिङ गर्दै बैंलोरले दिएको १६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो । उसका लागि मयंक अग्रवालले ५७, केएल राहुलले ३९, एडन माक्रर्मले २०, शाहरुख खानले १६ र मोसेस हेनरिक्स्ले अविजित १२ रन बनाए। बैंलोरका युजवेन्द्र चहलले तीन, जर्ज गार्टन र शाहबाज अहमदले एक विकेट लिए।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो। उसका लागि ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेले। जारी सिजनमा लगातार तेस्रो अर्धशतक बनाउने क्रममा उनले ३३ बलमा तीन चौका र चार छक्कासहित ५७ रन बनाए ।

त्यस्तै, देवदत्त पाडिक्कलले ४०, कप्तानले विराट कोहलीले २५, एबी डिभिलियर्सले २३ र सहबाज अहमदले ८ रनको योगदान दिए। बलिङमा मोइसेस हेनरिक्स र मोहम्मल शामीले समान तीन विकेट लिए ।

Facebook Comments Box