एक खेल अगावै न्युजिल्यान्डले जित्यो टि–२० सिरिज, दोस्रो खेलमा बंगलादेश २८ रनले पराजित

बंगलादेशविरुद्धको ३ खेलको टि–२० सिरिज न्युजिल्यान्डले एक खेल अगावै जितेको छ। मंगलबार भएको दोस्रो खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै घरेलु टोली न्युजिल्यान्डले टि–२० सिरिज एक खेल अवागै जितेको हो।

वर्षा खेल विथोलेपछि बंगलादेशले १६ ओभरमा १७१को लक्ष्य पाएको थियो । न्युजिल्यान्डले १७.५ ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सो पछि डिएल मेथर्डका आधारमा बंगलादेशले १६ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो।

१७१ रनको लक्ष्य पछ्याएको बंगलादेशले ७ विकेटको क्षतिमा १४२ रन मात्र बनाउन सक्यो । उसका लागि सौम्य सरकारले सर्वाधिक ५१ रन बनाए भने मोहमद नइमले ३८ रन बनाए । यस्तै, कप्तम मोहमुदुल्लाहले २१ रन बनाए। न्युजिल्याज्डका टिम साउदी, हामीस बेन्नेट र एडम मिल्नेले समान २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले नटआउट सर्वाधिक ५८ रन बनाए । उनले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै मिचेलले अविजित ३४ रन जोड्दा मार्टिन गुप्टिलले २१ रन बनाए । बंगलादेशका मेहदी हसनले २ विकेट लिए ।

पहिलो टि–२०मा न्युजिल्यान्ड ६६ रनले विजयी भएको थियो । तेस्रो टि–२० १ अप्रिलमा हुने छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.