अमेरिकाविरुद्ध गुलशन झाको डेब्यू

तीव्र गतीका बलर गुलशन झाले राष्ट्रिय क्रिकेट टिमबाट डेब्यू गर्ने भएका छन्। अमेरिकाविरुद्धको खेलमा उनले डेब्यू गर्ने भएका हुन्।

आईसिसी विश्वकप क्रिकेट लिगअन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले अमेरिकासँग दोस्रो एकदिवसीय खेल खेल्दैछ। सिरिजका सुरुवाती दुई खेलमा टिममा नपरेका गुलशनले तेस्रो खेलमा आफुलाई साबित गर्ने अवसर पाएका छन्।

उनी बिक्रम सोबको स्थानमा टिममा परेका हुन्।

Facebook Comments Box