पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा अयोजना हुन लागेको हाइब्रिड मोडलको एसिया कप एकदिवसीय क्रिकेट बुधबारबाट सुरु हुँदैछ। प्रतियोगितामा नेपाली टिम पनि सहभगाी छ।
पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले विश्व क्रिकेटका हस्ती टिम भारत र पाकिस्तानसँग समूह चरणमा खेल्ने छ। नेपालले भोलि पाकिस्तानको सामाना गर्दैछ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले एसिया कपमा चल्न सक्ने खेलाडीको सूची निकालेको छ। जसमा आईसिसीले नेपालबाट १७ वर्षीय अलराउन्डर गुल्सन झाकाे नाम पनि समावेश गरेको छ।
गुल्सनसँगै योसूचीमा पाकिस्तानका बाबर आजम, भारतका जसप्रित बुमराह, बंगलादेशका तास्किन अहमद, अफगानिस्तानका रसिद खान र श्रीलंकाका माहिस थिकसाना छन्।
बलिङ अलराउन्डर गुल्सनले पछिल्लो समय लगातार ब्याटबाट पनि जादुयी प्रदर्शन गरिरेका छन्। नेपाली टिमलाई एसिया कपमा छनोट गराउन गुल्सनको भूमिका सबैभन्दा धेरै छ।
गुल्सन एक दिवसीय अलराउन्डरको विश्व वरियतामा १०५औं स्थानमा छन्। उनले २२ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ३ अर्धशतकसहित ४५२ रन बनाएका छन् । उनको ब्याटिङ औसत ३४।७६ रहेको छ ।
गुल्सनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २१ विकेट पनि लिएका छन्। उनी दायाँ हाते मिडियम पेशर हुन् भने बायाँ हाते ब्याट्सम्यान।