ज्ञानेन्द्र मल्लले एभरेस्ट प्रिमियर लिग नखेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ले एभरेस्ट प्रिमियर लिग (इपिएल) नखेल्ने भएका छन्। भर्खरै ओमान भ्रमणबाट फर्किएका ज्ञानेन्द्रले बिहीबार मात्र चौथो संस्करणको इपिएल नखेल्ने घोषणा गरेका हुन्।

ललितपुर प्याट्रिओट्सको कप्तान रहेका ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै इपिएल नखोल्ने घोषणा गरेको ललितपुरले जनाएको छ। ज्ञानेन्द्रकै कप्तानीमा ललितपुरले अघिल्लो सिजन इपिएल उपाधि जितेको थियो।

इपिएलका लागि ललितपुरले अफगानिस्तानका अज्मतुल्लाह ओमर्जाइ, श्रीलकंकाक ओसादा फर्नान्डो र सन्दुन विराकोडी तथा भुटानका मिक्यो दोर्जीलाई विदेशी खेलाडीका रुपमा अनुबन्धन गरेको छ । ललिपुरमा पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रसिद खान, ललितनारायण राजवंशीलगायत नेपाली खेलाडी छन्।

असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टियू मैदानम हुने इपिएलको उद्घाटन खेलमा काठमाडौं किंग्स इलावेनको सामाना गर्ने छ।

यसअघि पूर्वकप्तान पारस खड्काले पनि इपिएल नखेल्ने घोषणा गरेका थिए ।

Facebook Comments Box