अन्तर्राष्ट्रिय क्रिकेटमा ज्ञानेन्द्रको पहिलो विकेट

Read Time:1 Minute

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेट लिएका छन्। युएईमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गतको तेस्रो सिरिजको पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध विकेट लिँदै ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय क्रिकेटमा विकेटको खाता खोलेका हुन्।

शारजाह क्रिकेट स्टेडियममा पहिलो इनिङमा ज्ञानेन्द्रले २४औं ओभरको अन्तिम बलमा पपुवा न्युगिनीका प्रमुख ब्याट्सम्यान कप्तान असाद भालालाई १९ रनमा कुशल भुर्तेलबाट क्याच गराए । ठूलो सट खेलेका भाला मिडअनमा क्याच हुन पुगेका थिए ।

ज्ञानेन्द्रले पहिलो पटक ओडिआईमा बलिङ गरेका हुन् । ज्ञानेन्द्रले पार्ट टाइम स्पिनरको रुपमा बलिङ गरेका हुन् । उनले नेपालका लागि १६ एकदिवसीय र ४० टि–२० आई खेल खेलेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पिएनजीविरुद्ध बलिङ गर्दै नेपाल, एकदिवसीयमा सागरको डेब्यू
Next post रोहित र आरिफको शतकीय साझेदारी नेपाल जिततर्फ अग्रसर
Close