क्रिकेटराष्ट्रिय क्रिकेट

के ज्ञानेन्द्र मल्लले सन्न्यास लिन लागेका हुन्?

नेपाली राष्ट्रिय क्रिकेट टिमका सबैभन्दा पुराना सदस्य हुन्, पूर्वकप्तान ज्ञानेन्द्र मल्ल । ३२ वर्षीय माथिल्लो क्रममा ब्याट्सम्यान मल्ल टिममा नियमिरुमा पर्दै आएका छन्, तर प्लेइङ ११ मा भने कमैमात्र अवसर पाएका छन्।

जिम्बाबेमा भएको विश्वकप छनोटमा पनि उनी बेन्चमै बसे। समूहका चारै खेलमा बेन्चमै रहेका उनले प्लेअफका २ खेल मात्र मौका पाए । त्यसमा उनको ब्याट चल्न सकेन्, उनले २ खेलमा २० रन मात्र बनाउन सके।

विश्वकप छनोट लगत्तै श्रीलंकामा भएको एसिसी इम्र्जिङ टिम्स एसिया कपमा क्यानले ज्ञानेन्द्रलगायत केही सिनियर खेलाडीलाई आराम दियो। यस्तै, एसियन गेम्सका लागि घोषणा गरिएको टिममा पनि ज्ञानेन्द्र अटाउन सकेनन्।

पछिल्लो समय आउट अफ फर्म रहेका र टिममा पनि स्थान बनाउन नसेपछि ज्ञानेन्द्रले सन्न्यास लिन सक्ने चर्चा चल्ने गरेको छ। शुक्रबार यो चर्चा नेपाली क्रिकेट समर्थक माझ थप चुलिरहेको छ।

ज्ञानेन्द्रले शुक्रबार साढे २ बजे पक्रकार सम्मेलन राखेका छन्। ज्ञानेन्द्रले आफ्नो व्यक्तिगत पत्रकार सम्मेलन भन्दै उपस्थितिका लागि अनुरोध गरेका छन्।

के ज्ञानेन्द्रले सन्न्यासको घोषणा गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन् ? त्यसको जवाफ अबको केही घण्टामा कुर्नै पर्ने हुन्छ ।

ज्ञानेन्द्र मल्ल नेपाली क्रिकेटले पाएका सबैभन्दा स्किलफुल ब्याट्सम्यान हुन्। उनले नेपालका लागि ३७ एकदिवसीय, ४५ टि–२० आई, ७७ लिस्ट र १ फस्ट क्लास खेल खेलेका छन्।

उनले ७ अर्धशतकसहित कुल ८७६ रन बनाएका छन् भने टि–२० आईमा १ शतक र २ अर्धशतकसहित ८८३ रन बनाएका छन्। यस्तै, उनले लिस्ट एमा ११ अर्धशतक मद्दतमा १८०२ रन बनाएका छन्।