शुक्रबार मात्र नेपाली राष्ट्रिय क्रिकेट टिमबाट सन्न्यासको घोषणा गरेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल शनिबार लन्डन पुगेका छन्।
लन्डनमा नेपाली समुदायनले आयोजना गर्ने ब्रिटिश नेप्लिज प्रिमियर लिगको दोस्रो संस्करणमा सहभागी हुने ज्ञानेन्द्र लन्डन पुगेका हुन्। मुख्य आयोजक केटिएम ट्राभल एन्ड टुर्सले ज्ञोनन्द्रलाई लिगको विशेष अतिथिका रुपमा लन्डन लगेको हो।
ज्ञानेन्द्रलाई विमानस्थलमा केटिएम ट्राभल एन्ड टुर्सका अपरेसन डाइरेक्टर सुनिल थापा, टुर्नामेन्ट डाइरेक्टर विनोदविकास सिम्खडा, मार्केटिङ डाइरेक्टर अभिषेक भट्टराईलगायतले स्वागत गरेका थिए।
बेलायतको नेपाली समुदायसँग जोडिन पाएकोमा ज्ञानेन्द्रले खुशी व्यक्त गरे। यहाँका नेपाली क्रिकेट खेलाडीलाई पनि आफ्नो ज्ञान, अनुभव बाँड्ने अवसर पाएकोमा खुसी व्यक्त गरे।
बेलायतमा नेपालीले गरेकामध्ये सबैभन्दा ठूलो पुरस्कार राशि भएको उक्त प्रतियोगितामा खुकुरी क्रिकेट क्लब, एडिनबरा फाएरबल, लन्डन सुपर स्पोर्टस, नयाँ युवा क्रिकेट क्लब, गोर्खा क्रिकेट क्लब र मिडल्यान्ड वारियर्स गरी ६ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २५५० पाउन्ड र दोस्रो हुनेलाई एक हजार पाउन्ड नगद र ट्रफी दिइनेछ।