ज्ञानेन्द्र बनाए अर्धशतक

त्रिकोणात्मक सिरिजअन्तर्गत अमेरिकाविरुद्ध नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ले अर्धशतक बनाएका छन् । ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा मल्लले ५१ बलमा ३ चौका प्रहार गर्दै अर्धशतक प्रहार गरेका हुन्।

एकदिवसीय क्रिकेटमा ज्ञानेन्द्र मल्लाको यो दोस्रो अर्धशतक हो। उनले १४ एकदिससीय खेलेका छन्।

मल्लले अर्धशतक बनाएपनि अमेरिकाविरुद्ध नेपालले खराब ब्याटिङ गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ७ विकेट गुमाउँदै १५० रन मात्र बनाएको छ। क्रिजमा ज्ञानेन्द्रलाई करण केसीले साथ दिइरहेका छन्।

नेपालका लािग कुशल भुर्तेलले ३६ रन बनाउँदा डेब्यू खेल गुल्सन झाले २८ रनको योगदान दिए । यस्तै, विनोद भण्डारी १० रनमा आउट हुँदा आफिस सेख ३, कुशल मल्ल डकआउट भए भने सोमपालल कामीले २ रन मात्र बनाउन सके।

अमेरिकाका कप्तान सौरभ नेत्रवाल्करले ३ विकेट लिए भने कायल फिलिप्स, कारिम गोरे, इल्मोर हुट्चिन्सन र नोस्थुस केन्जिगले समान १ विकेट लिए।

Facebook Comments Box