राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपाली क्रिकेटरलाई पुरस्कार स्वरुप दिने भनिएको रकम नदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गरेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले क्रिकेट खेलाडीहरुलाई १७ लाख दिने भनेर गरेको वाचा किन पुरा नगरेको भन्दै प्रश्न गरे।
नेपाली क्रिकेट टिम एसिया कप र एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्दा दाहाल नेतृत्वको सरकारले क्रिकेटरलाई नगद पुरस्कार दिने घोषणा गरेको थियो। तर, सरकारले घोषणा गरेको ४–५ महिना बितिसक्दा पनि खेलाडी उक्त रकम पाउन सकेका छैनन्र
भारती कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा नेपाली कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी नपाएको भन्दै सांसद शाहीले सरकारले खेलाडीहरुलाई दिन भनेको पैसा छिटोभन्दा छिटो वितरण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।
‘प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि भनेर नामिबिया र स्कटल्यान्डसँगको काठमाडौंमा भएको सिरिजपछि ३ लाख, युएइ र पिएनजीसँग युएईमा खेल्दा ३ र काठमाडौंमा सिरिज खेल्दा २ लाख दिने घोषणा गरेको र एसीसी कप जित्दा ६ लाख गरेर नेपालका खेलाडीहरुलाई १७ लाख दिने भनेर बाचा गर्नुभयो तर अहिलेसम्म त्यो पैसा पुगेको छैन्,’ उनले भने, ‘आज हामी खेलाडीहरुलाई बधाई दिदैँ गर्दा डर लाग्छ कि लाग्दैन्। भारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा, नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी छैन्। खेलाडीहरुलाई दिन भनेको पैसा किन दिएको छैन् त्यो दिनुपर्छ।’
एसिसा कपमा नेपालले आज भारतसँग खेल्दैछ। खेल श्रीलंकास्थित पाल्लेकेल रंगशालामा दिउँसो ३ः१५ बजे सुरु हुनेछ।