न्युजिल्यान्डका ब्याट्सम्यान डेभन कन्वेले विश्वकप फाइलन गुमाउने

पहिलो पटक टि–२० विश्वकप फाइनल पुगेको न्युजिल्यान्डले अस्ट्रेलियाविरुद्धको उपाधि भीडन्तअघि आफ्ना महत्वपूर्ण खेलाडी गुमाएको छ। जारी प्रतियोगितामा फर्ममा रहेका न्युजिल्यान्डका मिडलअर्डर ब्याट्सम्यान डेभन कन्वेले टि–२० विश्वपकको फाइनल गुमाउने भएका छन्।

इंग्ल्यान्डविरुद्धको सेमिफइनलका क्रममा घाइते भएपछि कन्वेले फाइनल गुमाउने भएका हुन्। उनको दायाँ हातमा चोट लागेको छ। कन्वेले इंग्ल्यान्डविरुद्ध ४६ रनको उत्कृष्ट पारी खेलेका थिए।

बिहीबार गरिएको एक्स रेमा उनको हातमा गम्भिर चोट देखिएको छ । चोटका कारण उनले भारतविरुद्धको सिरिज पनि गुमाउने भएका छन्।

न्यूजिल्यान्डका मुख्य प्रशिक्षक गैरी स्टेडले फाइलनअघि कन्वे टिमबाट बाहिँदा आफू निराश बनेको बताएका छन्। उनले भनेका छन्, ‘महत्वपूर्ण खेल नजिक आफ्ना महत्वपूर्ण खेलाडी बाहिर हुँदा निराश छु । उनी विश्वकप फाइनल खेल्न निकै उत्साहित र खुसी थिए । तर, चोटका कारण उनले फाइनल गुमाउने छन्, र उनी निकै निराश पनि छन्।’

Facebook Comments Box