राजस्थानलाई हराउँदै गुजरात शीर्ष स्थानमा

Read Time:1 Minute

आईपिएलको नवप्रवेशी टिम गुजरात टाइटन्स राजस्थान रोयल्सलाई हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार राति भएको खेलमा गुजरातले राजस्थानमाथि ३७ रनको जित निकाल्यो।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा १९२ रन बनाएको थियो । गुजरातको दुई विकेट १५ रन बनाउँदा नै गुमिसकेको थियो । शुभमन गिल १३ रनमा आउट भएका थिए ।

त्यसपछि कप्तान हार्दिक पाण्ड्याले स्थिति सम्हाल्दै ५२ बलमा ८७ रनको योगदान गरे । उनलाई अभिनव मनोहरले ४३ रन बनाएर र डेभिड मिलरले ३१ रन बनाएर साथ थिए । राजस्थानका लागि कुलदीप सेन, युजवेन्द्र चहल र रियान परागले एक–एक विकेट लिए ।

१९३ रनको लक्ष्य पछ्याएको राजस्थानको टोली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो । राजस्थानका लागि जोस बटलरले २४ बलमा ५४ रन बनाए भने शिमरोन हेटमायर २९ रन जोडे ।

गुजरातका लागि लकी फर्ग्युसन र यश दयालले तीन–तीन विकेट लिए । कप्तान हार्दिक पाण्ड्या र मोहम्मत शमीले एक–एक विकेट लिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एन्फा निर्वाचन : बी र सी डिभिजन क्लबको प्रतिनिधि छनोट आज
Next post आईपिएलमा हैदरावादको तेस्रो जित
Close