भारतीय टिममा हार्दिक पाण्ड्याको पुनरागमन

भारतीय टिममा स्टार अलराउन्डर हार्दिक पाण्ड्याले पुनरागमन गरेका छन् । भर्खरै भएको डिवाई पाटिल टि–२० प्रतियोगितामा विस्फोटक ब्याटिङ गर्दै लगातार २ शतक प्रहार गरेपछि पाण्ड्या टिममा पुनरागमन गरेका हुन् ।

पिठ्यूँको चोटका कारण पाण्ड्य ३–४ महिनायता राष्ट्रिय टिमबाट बाहिर थिए । पाण्ड्यासँगै ओपनर शिखर धवन र फास्ट बलर भुवनेश्वर कुमारले पनि भारतीय टिममा पुनरागमन गरेका छन् । शिखर धवन अस्ट्रेलियाविरुद्धको सिरिजका दौरान घाइते भएका थिए । जसका कारण मयंक अग्रवाल टिमबाट हटेका छन् ।

भारतले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजका यी ३ खेलाडीलाई समेट्ने राष्ट्रिय टिमको घोषणा गरेको छ । यी तीनले पुनरागमन गर्दा न्युजिल्यान्डविरुद्ध एकदिवसीय टिममा रहेका शार्दुल ठाकुर र शिवम दुबे टिममा पर्न सकेनन् ।

भारतीय टिममा विराट कोहली (कप्तान), शिखर धवन, पृथ्वी शा, केएल राहुल, मनीष पाण्डेय, श्रेयस अयर, रिषभ पन्त, हार्दिक पण्ड्या, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, युजवेन्द्र चहल, जसप्रीत बुमराह, कुलदीप यादव र शुभमन गिल छन् ।

भारतले घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्ध ३ एकिदवसीय खेल खेल्ने छ । पहिलो खेल १२ मार्चमा धर्मशालामा हुने छ भने दोस्रो १५ मार्चमा लखनउ र १८ मार्चमा कोलकातामा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP