पूर्ण रुपमा फिट नभएका कारण हार्दिक पाण्ड्याले गुमाए न्युजिल्यान्डविरुद्धको टेस्ट

भारती अलराउन्डर हार्दिक पाण्ड्याले पूर्ण रुपमा फिट नभएका कारण न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज पनि गुमाएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई)ले शनिबनर फिटनेसकै कारण पाण्ड्याले न्युजिल्यानडविरुद्धको टेस्ट सिरिज गुमाउने जनाएको छ ।

भर्खरै लन्डनमा गरिएको फिटनेश टेस्टमा हार्दिकले न्युजिल्यानडविरुद्धको टेस्ट सिरिज गुमाउने पाक्का भएको हो । भारतीय नेश्नल क्रिकेट एकेडेमीका फिजियो प्रमुख आषिश कौसिकसँगै हार्दिक लन्ड्न पुगेका थिए । लन्डनमा डा.जेम्स ऐलिबोनले हार्दिको परिक्षण गरेका थिए ।

परिक्षणपछि उनी पूर्ण रुपमा फिट नभएका पाइएको छ । फिट नभएसम्म उनलाई रिहेबिलिटेशनबाट गुज्रिने बिसिसीआईले जनाएको छ । उनी सन् २०१९ सेप्टेम्बरपछि क्रिकेटमा देखिएका छैनन् । उनले अन्तिम पटक बैंग्लोरमा भएको दक्षिण अफ्रिका विरुद्धको टि–२० सिरिज खेलेका थिए ।

यसैबीच हार्दिकले पुनः पिठ्यूँमा दुखाई महसुस गरिरहेको बताइएको छ । अब उनको सर्जरी पनि गर्नुपर्ने हुनसक्छ । यदी सर्जरी गर्नुपरेमा हार्दिक सन् २०२०को आइपिएलसम्म क्रिकेटबाट टाढा रहनुपर्ने बताएको छ ।

भारत र न्युजिल्यान्डविरुद्धको टेस्ट बालिंटनमा २१ फेब्रुअरीबाट सुरु हुने छ । दोस्रो टेस्ट क्राइस्चर्चमा २९ फ्रेब्रुअरीमा हुने छ । त्यसअघि न्युजिल्यान्ड भ्रमणमा रहेको भारतले ५ खेलको टि–२० सिरिज र ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.