युएईमा मुम्बईको पहिलो जित, पञ्जाब ६ विकेटले पराजित

युईमा सुरु भएको आइपिएलको १४औं संस्करणका बाँकी खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बर्य इन्डियन्सले पहिलो जित निकालेको छ। मंगलबार अबुधाबीमा भएको खेलमा मुम्बईले पञ्जाब किंग्समाथि ६ विकेटको जित निकाल्यो।

युएईका लागतार तीन हारपछि मुम्बईको पहिलो जित हो। यो जितपछि मुम्बई प्लेअफ सम्भावनालाई जिवितै राखेको छ। ११ खेलमा १० अंक जोडेको मुम्बई पाँचौं स्थानमा छ। यता, पञ्जाब ८ अंकका साथ छैठौं स्थानमा छ।

पहिला ब्याटिङ गर्दै पञ्जाबले दिएको १३६ रनको लक्ष्य मुम्बईले १९औं ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । मुम्बईको जितमा सौरभ तिवारीले सर्वाधिक ४५ रन बनाए । उनले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

यस्तै, हार्दिक पाण्ड्याले ३० बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाए भने क्वेन्डन डि ककले २९ बलमा २७ र केइरन पोलार्डले ७ बलमा १५ रन बनाए । पञ्जाबका रवि विस्नोइले २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको पञ्जाबले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनायो। उसका लागि एडन मक्रमले सर्वाधिक ४२ रन बनाउँदा दीपक हुडाले २८ र कप्तान केएल राहुले २१ रन बनाए। मुम्बईका जस्प्रित बुमराह र पोलार्डले समान २ विकेट लिए।

Facebook Comments Box