आइपिए :चेन्नईको पहिलो हार, मुम्बई ३७ रनले विजयी

१२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले पहिलो हार व्यहोरेको छ । बनखाने क्रिकेट मैदानमा बुधबार राति भएको खेलमा चेन्नई ३७ रनले पराजित भयो ।

घरेलु मैदानमा भएको खेलमा पहिला ब्याटिङ गर्दै मुम्बई इन्डियन्सले दिएको १७१ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन मात्र बनाउन सक्यो र सिजनको पहिलो हार सामाना ग¥यो ।

हार्दिक पाण्ड्याले अलराउन्डर प्रदर्शन गरेपछि मुम्बईले आईपिएलमा दोस्रो जित निकालेको हो । पाण्ड्याले ब्याटिङमा ८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २५ रन बनाए भने बलिङमा ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए ।

चेन्नईका केदार जाधवले अर्धशतकीय इनिङ खेलेपछि टिमलाई जित दिलाउन सकेनन् । चेन्नईका लागि सर्वाधिक रन बनाएका जाधवले ५४ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाए । यस्तै, सुरेश रैनाले १६ तथा शार्दुल ठाकुर र धोनीले समान १२ रनको योगदान दिए ।

चेन्नईलाई सस्तैमा रोक्ने क्रममा हार्दिक पाण्ड्या र लासिथ मालिंकाले ३–३ विकेट लिए भने जासोन बेरेनडोफले २ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि सूर्यकुमार यादवले सर्वाधिक ५९ रन बनाए । उनले ४३ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे ।

यस्तै, कुर्णाल पाण्ड्याले ३२ बलमा ४२, हार्दिकले ८ बलमा २४ र किरेन पोलार्डले ७ बलमा १७ रनको योगदान दिए । बलिङमा चेन्नईका दीपक चहर, मोहित शर्मा, इमरान ताहिर, रविन्द्र जडेजा र ड्वायन ब्राभोले समान १ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *