हरप्रित र केएल राहुल चम्किँदा पञ्जाबले बैंग्लोरलाई हरायो

हरप्रित ब्रारको अलराउन्डर प्रदर्शन र कप्तान केएल राहुलले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग (आईपिएल)मा पञ्जाब किंग्स विजयी भएको छ। शुक्रबार राति अहमदावादमा भएको खेलमा हरप्रित र राहुलको उत्कृष्ट प्रदर्शन गरेपछि पञ्जाबले लयमा रहेको बैंग्लोरलाई ३४ रनले हरायो।

बैंग्लोरमाथि पञ्जाबलाई जित दिलाउन हरप्रितले बलिङमा ४ ओरभा १ मेडनसहित १९ रन खर्चेर तीन विकेट र ब्याटिङमा २५ रन बनाए भने राहुलले ९१ रनको उत्कृष्ट इनिङ खेले ।

पहिला ब्याटिङ गर्दै पञ्जबले दिएको १८० रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रन बनाए भने रजत पतिदार र हर्सल पटेलले समान ३१ रन बनाए ।

बैंग्लोरलाई सस्तैमा रोक्ने क्रममा हरप्रितले ओरभा १ मेडनसहित १९ रन खर्चेर तीन विकेट लिए भने रवि विस्नोइले २ विकेट लिए । यस्तै रेइली मेरेडिथ, मोहम्मद सामी र क्रिस जोर्डनले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको पञ्वाबले केएल राहुलको उत्कृष्ट ब्याटिङ मद्दतमा २० ओभरमा ५ विकेटको क्षतिमा १७९ रन बनायो । राहुलले ५७ बलमा ७ चौका र ५ छक्कासहित ९१ रन बनाए भने क्रिस गेलले ४६ र हरप्रितले अविजित रहँदै २५ रन बनाए। बैंगलोरका कायल जेमिसनले २ विकेट लिए ।

७ खेलमा ६ अंक जोडेको पञ्जाब पाँचौ स्थानमा उक्लिएको छ भने बैंग्लोर १० अंक सहित दोस्रो स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.