आइपिएलमा कोलकातामाथि बैंग्लोरको जित

Read Time:2 Minute

इण्डियन प्रिमियर लिग (आपिएल)अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइटराइडर्सलाई ३ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १८.५ ओभरमा १२८ रन बनाएको थियो ।

१२९ रनको लक्ष्य पछ्याएको बैंग्लोरले ७ विकेटको क्षतिमा १३२ रन बनाउँदै जित हासिल गर्‍यो । बैंगलोरको सुरुवात राम्रो थिएन । ओपनर अनुज रावत खाता खोल्न नपाउँदै आउट भए । उनलाई उमेश यादवले आउट गरे । त्यसपछि कप्तान फाफ डुप्लेसिस पनि ५ रनमात्रै जोड्न सके । विराट कोहली १२ रनमा आउट भएपछि बैंग्लोर दबाबमा आएको छ।

डेभिड विली र शरफाने रदरफोर्डले टिमलाई सम्हाल्ने कोसिस गरेका थिए । विलीले १८ र रदरफोर्डले १८ रन बटुले । शाहबाज अहमदले तीन छक्का सहित २० बलमा २७ रन जोडे । वानिन्दु हसरंगाले पहिलो बलमा चौका प्रहार गरे तर त्यसपछि उनी टिम साउदीको बलमा बोल्ड भए ।

हर्षल पटेलले १९ ओरमा दुई चौका प्रहार गर्दै खेललाई आफ्नो टिमको पक्षमा फर्काए । दिनेश कार्तिकले अन्तिम बलमा छक्का र चौका प्रहार गर्दै बैंग्लोरलाई जित दिलाए ।

कोलकाताका कुनै पनि ब्याटरले ठूलो स्कोरको रन बनाउन सकेनन् । ओपनर अजिक्य रहाणे ९ रनमा वेंकटेश अय्यर १० रनमा आउट भए । कप्तार श्रेयस अय्यरले १३ रन मात्र बनाउन सके । नितिश राणाले १० र साम बिलिङले १४ रन थपे । कोलकाताका लागि सबैभन्दा धेरै रन बनाउने ब्याटर आन्द्रे रसेल रहे । उनले १८ बलमा ३ छक्कासहित २५ रन जोडे । उमेश यादवले १८ रन बनाए । वरुण चक्रवर्ती १० रनमा नटआउट रहे ।

बैंगलोरका लागि वानिन्दु हसरंगाले चार ओभरमा २० रन खर्चेर चार विकेट लिए । एक विकेट मोहम्मद सिराजको नाममा रह्यो । शहबाज नदिम महँगो सावित भए । केबल एक ओभर बलिङ गरेका उनले १६ रन खर्चिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post डिबालाकी आमा भन्छिन्– डिबाला पनि नेपाल आउन चाहन्छन्
Next post घरेलु मैदानमा ५०औं टि–२० अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाल
Close