जिम्बाबेका पूर्वप्रशिक्षकलाई स्ट्रिकलाई ८ वर्ष प्रतिबन्ध

Read Time:1 Minute

जिम्बावेका पूर्वप्रशिक्षक तथा कप्तान हेथ स्ट्रिकलाई आईसिसीले आठ वर्ष प्रतिबन्ध लगाएको छ। आईसीसीको ‘एन्टी करप्सन कोड’सहित विभिन्न ५ आचारसंहिता उल्लंघन गरेको आरोपमा आईसिसीले स्ट्रिकलाई प्रतिबन्ध लगाइएको हो।

आईसिसीले स्ट्रिकले आफूमाथि लागेको आरोप स्वीकार गरेको बताएको छ । आचारसंहिताको प्रावधानअनुरूप न्यायाधिकरणको सुनुवाइको सट्टा उनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरिएको आइसिसीले जनाएको छ।

आईसिसीले अन्तर्राष्ट्रिय क्रिकेटका साथै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको टी–२० लिगका खेलहरुमा समेत उनले उक्त आचारसंहिता उल्लंघन गरेको जर्नाएको छ।

जिम्बावेको प्रशिक्षक रहँदा सन् २०१६ देखि १८ सम्म उनले उक्त आचारसंहिता उल्लंघन गरेको बताइएको छ। ४७ वर्षीय स्ट्रिकले १९९३ देखि २००५ सम्म जिम्बावेका लागि खेलेका थिए। उनले ६५ टेस्ट र १८९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाबर अजामले कोहलीलाई पछि पारे
Next post नेपाल सुपर लिगका लागि विराटनगरले भित्र्यायो स्पेनिस खेलाडी
Close