केएल राहुलको शतकले पनि जोगाउन सकेन भारतको हार

भारतविरुद्धको एकदिवसीय सिरिज घरेलु टोली न्युजिल्यान्डले ‘क्लिन स्विप’ गरेको छ । मंगलबार माउन्ट माउन्गानुइमा भएको अन्तिम खेलमा भारतलाई ५ विकेटले हराउँदै न्युजिल्यन्डले सिरिज ३–०ले क्लिन स्विप गरेको हो ।

तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल न्युजिल्यान्डले ४ विकेटले जितेको थियो भने दोस्रो खेलमा २२ रनको जित निकालेको थियो ।

३ वा सो भन्दा बढी खेलको एकदिवसीय सिरिजमा विदेशी भूमिमा भारत ३१ वर्षपछि एउटै खेल जित्न असफल भएको हो । सन् २०८९मा भारतले वेस्टइन्डिजविरुद्धको एकदिवसीय सिरिज ५–०ले गुमाएको थियो ।

पहिला ब्याटिङ गर्दै भारतले दिएको २९७ रनको लक्ष्य न्युजिल्यान्डले ४७. १ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । न्युजिल्यान्डका लागि हेनरी निकोल्स, मार्टिन गप्टिल र कोलिन डे ग्रान्डहोमले अर्धशतकीय योगदान दिए ।

निकोल्सले १०३ बल खेल्दै ९ चौकाको सहयोगमा ८० रन बनाए भने आक्रामक इनिङ खेलेका गप्टिनले ४४ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ६६ रन बनाउँदा ग्रान्डहोमले २८ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५८ रन बनाए ।

यस्तै, टम लाथमले ३२ र कप्तान केन विलियम्सनले २२ रन बनाए । भारतका युजभेन्द्र चाहलले ३ विकेट लिए भने रविन्द्र जडेजा र शार्दुल ठाकुरले समान १ विकेट लिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.