चहल चम्किँदा राजस्था शीर्ष स्थानमा, लखनउ ३ रनले पराजित

Read Time:2 Minute

लेगस्पिनर युजभेन्द्र चहलले उत्कृष्ट प्रदर्शन गरेपछि आईपिएलमा राजस्थान रोयल्स विजयी भएको छ। आइतबार राति भएको खेलमा चहलले ४ विकेट लिएपछि लगनउ सुपर जाइन्ट्समाथि ३ रनको रोमाञ्चक जित निकाल्दै राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लियो।

पहिला ब्याटिङ गर्दै राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १६२ रनमात्रै बनाउन सक्यो । उसका लागि क्विन्टन डी ककले सर्वाधिक ३९ रन बनाउँदा मार्कुस स्टोनिसले नटआउट ३८ रन बनाए । यस्तै, दिपक होडाले २५, क्रुनाल पाण्ड्याले २२ र दुश्मन्था चामिराले १३ रन बनाए ।

राजस्थानलाई जित दिलाउने क्रममा चहलले ४ विकेट लिए। उनले ४ ओभरमा ४१ रन खर्चिए । यस्तै, ट्रेन्ट बोल्टले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन जोडेको थियो । उसका लागि शिम्रन हेटमायरले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ३६ बलमा १ चौका र ६ छक्का प्रहार गरे।

यस्तै, देवदूत पडिकलले ३९, रविचन्द्र आश्विनले २८ रन बनाए । लखनउका जासन होल्डर र कृष्नपा गोथामले समान २ विकेट लिए ।

यो जितसँगै राजस्थान शीर्ष स्थानमा उक्लिएको छ । उसले राजस्थानले ४ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । समान ६ अंक नै जोडेका कोलकाता नाइट राइडर्स, गुजरात टाइटर्स, रोयल च्यालेन्जर्स बैंग्लोर र लखनउ क्रमशः दोस्रो तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post दुई पटकको अग्रता जोगाउन नसक्दा सिटीले लिभरपुलसँग बाँड्यो अंक
Next post एसियन कप फुटसल छनोट : ताजकिस्तानसँग खायो नेपालले दर्जन गोल
Close