हैदरावादले राजस्थानलाई हरायो

युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल)मा सनराइजर्स हैदरावाद विजयी भएको छ । बिहीबार राति भएको खेलमा मनिष पाण्डे र वियय शंकर चम्किएपछि हैदरावादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

दुबईमा राजस्थानले दिएको १५५ रनको लक्ष्य हैदरावादले १८.२ बलमा मात्र २ विकेट गुमाएर पुरा भेट्यो । उसका लािग हैदराबादको जितमा पाण्डे र शंकर अर्धशतकीय इनिङ्स खेले । पाण्डे र शंकरले तेस्रो विकेटका लागि अविजित १ सय ४० रनको साझेदारी गरे ।

पाण्डेले ४७ बलमा ४ चौका र ८ छक्का प्रहार गर्दै ८३ रन बनाए भने शंकरले ५१ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए । यस्तै जोनी बेइस्टोले १० रन जोड्दा कप्तान डेभिड वार्नर ४ रनमा आउट भए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।

यस घि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । राजस्थानका लागि सन्जु सामसनले ३६ रन जोड्दा बेन स्टोक्सले ३० रन बनाए । यस्तै रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथले १९ रन बनाए । यो सिजन पहिलो खेल खेलेका जासन होल्डरले ३ विकेट लिए भने विजय शंकर र रसिद खानले समान १ विकेट लिए ।

जितसँगै हैदराबादले १० खेलमा ८ अंक जोडेको छ र उ पाँचौं स्थानमा उक्लिएको छ । ११ खेलमा ८ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP