
नेपाल टि–२० लिगका लागि विराटनगरले भित्र्यायो पाकिस्तानी खेलाडी
Read Time:1 Minute
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल टि–२० लिगका लागि विराटनगर सुपर किंग्सले पाकिस्तानी खेलाडी अनुबन्धन गरेको छ। विराटनगरले पाकिस्तानको राष्ट्रिय टिममा खेलिसकेका हुसेन तलतलाई अनुबन्धन गरेको हो।
बायाँ हाते ब्याट्सम्यान तलतले पाकिस्तानका लागि १ एकदिवसीय र १८ टि–२० आई खेलेका छन्। विराटनगरका मालिक आरके गुप्ताले तलतलाई अनुबन्ध गर्न पाउँदा खुशी लागेको बताए ।
विराटनगरको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल छन्। उनीसँगै टिममा अर्जुन साउद, नन्दन यादव, विवेक यादव, शाहब आलम, अमर सिंह राउटेला, प्रदिप ऐरी, पृथु बास्कोटालगायत खेलाडी छन् ।
डिसेम्बर २३ बाट सुरु हुने प्रतियोगितामा विराटनगरले लुम्बिनी अल स्टार्ससँग डिसेम्बर २४ मा खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।