
विराटनगरका टलट बने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी
Read Time:1 Minute
पाकिस्तान अलराउन्डर हुसैन टलट नेपाल टि–२० लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन्। विराटनगर सुपर किंग्सको फाइनल यात्राका क्रममा टलटले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
टलटले १३ खेलमा २ अर्धशतकसहित ३६७ रन बनाएका थिए । उनी सर्वाधिक रन बनाउको फार वेस्ट युनाइटेडका हस्मतुल्लाह साहिदीभन्दा ३३ रनले मात्र पछि थिए । प्रतियोगितामा १५६.१७ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उलने कुल ३५ चौका र १२ छक्का प्रहार गरेका थिए।
यस्तै उनले बलिङमा कुल १० विकेट लिएका थिए । उनको इकोनोमी ७.८८ थियो ।
सर्वोत्कृष्ट खेलाडी बनेसँगै टलटले ५ लाख रुपैयाँ प्राप्त गरे।